जोडिनुहोस
  • होमपेज
  • भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्छौँ  देव खनाल

भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्छौँ  देव खनाल

नेपालको युवा क्रिकेट टोलीले कप्तान देव खनालले एसीसी १९ वर्षमुनिको एसिया कपको सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको छ ।

नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आज मङ्गलवार गरेको बिदाइ कार्यक्रममा नेपाली १९ वर्षमुनिको क्रिकेट टोलीका कप्तान देव खनालले टेस्ट राष्ट्रलाई हराउँदै समूह चरण पार गर्ने बताएका हुन् । १९ वर्षमुनिको एसिया कपमा नेपाल बलिया राष्ट्र भारत र पाकिस्तानसँगै अफगानिस्तान रहेको समूह ुएु मा छ ।

नेपाली युवा टोलीका कप्तान देव खनालले यसअघि पनि नेपालले भारतको १९ वर्षमुनिको टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहोर्‍याउन आतुर रहेको प्रतिक्रिया दिए । राष्ट्रिय टोलीले पनि राम्रो गरिहेको र आफूहरू पनि हरेक खेलमा ध्यान दिएर अगाडि बढ्ने बताए । भारत र पाकिस्तानसँगको खेलमा राम्रो रन बनाउनु वा विकेट लिनु युवा टोलीका लागि राम्रो अवसर रहेको उनको भनाइ छ ।

१९ वर्षमुनिको एसिया कप यही शुक्रवारदेखि पुस १ गतेसम्म संयुक्त अरब इमिरेट्स ९यूएई० मा हुँदैछ । प्रतियोगिताको समूह ुबीु मा बङ्गलादेश, श्रीलङ्का, जापान र यूएई छन् । समूह ुबीु को तुलनामा समूह ुएु नेपालजस्तो एसोसिएट राष्ट्रका लागि निकै चुनौतीपूर्ण हो । भारतले ८ पटक र पाकिस्तानले १ पटक १९ वर्षमुनिको एसिया कपको उपाधि जितेका छन् । यो उमेर समूहमा भारतलाई हराएको इतिहास रहेकाले पनि नेपाली युवा टोली उच्च आत्मबलका साथ प्रतियोगिताको तयारी गरेको छ ।

नेपाली युवा टोलीका प्रशिक्षक जगत टमटाले राष्ट्रिय टोलीबाट राम्रो खेलेका गुल्सन झा पनि टोलीमा समावेश रहेकाले आफूहरू थप उत्साहित रहेको प्रतिक्रिया दिए । यो यात्रा अगाडि राष्ट्रिय टोलीसँगको अभ्यास खेलले पनि युवा टोलीले राम्रो ुएक्सपोजरु पाएको उनको भनाइ छ ।

युवा टोलीको बिदाइका क्रममा क्यानका सचिव पारस खड्काले राष्ट्रिय टोलीले पाएको सफलतालाई पछ्याउँदै युवा टोलीले पनि राम्रो नतिजा ल्याउनेमा सबै आशावादी रहेको बताए । टोलीलाई बिदाइ गर्दै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले संसारलाई जित्ने क्षमता नेपाली क्रिकेट टोलीसँग रहेको भन्दै राष्ट्रिय टोलीले जस्तै युवा टोलीले पनि राम्रो नतिजा ल्याउने आशा व्यक्त गर्नुभयो ।

मन्त्री लिम्बूले अब खेलाडीले जितेको दुई हप्ताभित्र नै पुरस्कार पाउने वातावरण सिर्जना गरिरहेको बताउनुभयो । युवा टोलीले पाउनुपर्ने पुरस्कार पनि २र३ दिनमा नै सबैको खातामा आउने उहाँको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका