जोडिनुहोस
  • होमपेज
  • यही गठबन्धनलाई निरन्तरता दिए कांग्रेस नै सकिन्छ  नेता कोइराला

यही गठबन्धनलाई निरन्तरता दिए कांग्रेस नै सकिन्छ  नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिस्ट पार्टीसँगको गठबन्धनलाई निरन्तरता दिए विस्तारै कांग्रेस नै सकिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा रीता शाहीद्वारा लिखित चिनारी नामक गजल संग्रह विमोचन गर्दै नेता काइरालाले लोकतान्त्रिक पार्टीसँग मात्र गठबन्धन हुने भन्दै कम्युनिस्ट पार्टीसँग गठबन्धनलाई अघि बढाए पार्टी विस्तारै सकिँदै जाने बताएका हुन् । उनले अहिलेको व्यवस्थामा गठबन्धन आवश्यक भएपनि चुनावपछि मात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, उनले अहिलेको अवस्थामा देश परिवर्तन गर्ने हो भने कांग्रेसलाई परिवर्तन गर्नुपर्ने उल्लेख गरे । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले वादविवाद हुनु स्वभाविक भएको उनको भनाइ छ । कोइरालाले भ्रष्टाचार अन्त्य नगरेसम्म मुलुकमा सुशासन आउन नसक्ने र जनताको निराशालाई आशामा रुपान्तरण गर्न नसक्ने धारणा राखे ।

त्यस्तै कांग्रेस नेता रमेश लेखकले अहिलेको जनतामा देखिएको असन्तुष्टिप्रति पार्टी गम्भीर हुनुपर्ने बताए । उनले संविधान र व्यवस्थामाथिको असन्तुष्टिले अर्को गम्भीर दुर्भाग्य हुनसक्ने चिन्ता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका