जोडिनुहोस
  • होमपेज
  • इजरायलद्वारा गाजाको दक्षिणमा आक्रमण

अन्तर्राष्ट्रिय

इजरायलद्वारा गाजाको दक्षिणमा आक्रमण

इजरायलद्वारा गाजाको दक्षिणमा आक्रमण

इजरायली सेनाले गाजामा युद्धको नयाँ केन्द्रबिन्दु खान युनिसमाथि सोमबार बमबारी गरेको छ । हमासले बन्धक बनाएका व्यक्तिका परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई उनीहरूको रिहाईका लागि सम्झौतामा पुग्न आग्रह गरेका छन् । प्रत्यक्षदर्शीहरूले दक्षिणी गाजाको सबैभन्दा ठूलो शहर खान युनिसमा रातभर घातक आक्रमण भएको र इजरायली सैनिक र हमास लडाकूहरूबीच भीषण भिडन्त भएको बताएका छन् ।

गत अक्टोबर ७ मा इस्लामिक आन्दोलनका लडाकुहरूले गरेको आक्रमणमा परी करिब एक हजार १४० जनाको मृत्यु भएपछि नेतन्याहुले हमासमाथि ‘पूर्ण विजय’ हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हमासका लडाकूले बन्धक बनाएका करिब २५० जनामध्ये १३२ जना अझै पनि गाजामा हमासको नियन्त्रणमा रहेको इजरायलले बताएको छ । इजरायली सेनाका अनुसार युद्धले व्यापक तनाव बढाउने डरलाई बढावा दिएको छ । लेबनानको सीमा नजिक उत्तरी इजरायलमा रातारात साइरन बजाइएको छ ।

लेबनानमा इजरायली सेना र इरान समर्थित हेजबुल्लाह आन्दोलनबीच दैनिकजसो गोली हानाहान हुने गरेको छ भने दक्षिणी लेबनानका कैयौँ क्षेत्रमा रातारात आक्रमण भएको छ । इजरायलको यस्तै एउटा आक्रमणमा लेबनानी हेजबुल्लाहसमूहका एक लडाकुको मृत्यु भएको हमास सम्बद्ध स्रोतले जनाएको छ ।इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा पनि हिंसा बढेको छ । यमनका हुथी विद्रोहीहरूले ‘रेड सी’ को महत्वपूर्ण व्यापारिक मार्गहरूमा इजरायल(सम्बद्ध जल यातायात मार्गमा आक्रमण गरेका छन् । यसले प्रतिशोधात्मक अमेरिकी र बेलायती आक्रमणहरू निम्त्याएको छ । प्रायः सिरिया र इराकमा आक्रमणहरू इजरायलमा अमेरिकी समर्थनको विरोध गर्दै गरिएको इरान–सम्बद्ध लडाकूहरूले दावी गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका