जोडिनुहोस
  • होमपेज
  • शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन गगन थापा प्रस्तावको ‘भावी आन्तर्य’

शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन गगन थापा प्रस्तावको ‘भावी आन्तर्य’

काठमाडौं– समूह भेला गरेर सभापति शेरबहादुर देउवालाई गुटको मात्र नेता भएको आरोप लगाएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको नयाँ प्रस्तावको भावी आन्तर्य रहेको छ।

देउवासँग संसदीय दलको नेतामा चुनाव लडेका थापाले बृहत भेलामा प्रस्ताव गरे– शेखर दाईलाई संसदीय दलको नेता बनाउन लागौं। यो प्रस्ताव आजका लागि नभएर भविष्यको राजनीतिका लागि थापाले गरेको स्वभाविक विश्लेषण हुन्छ।

कोइरालासँग बीचमा खटपट रहेको भन्ने विषयको खण्डन गरेका उनले आगामी महाधिवेशनमा सभापति वा संसदीय दलको नेता बन्ने इच्छा राखेका छन्। यसैबेला किञ्चित रुपमा कोइरालालाई संसदीय दलको नेता बनाएर प्रधानमन्त्रीको उम्मेदवार बनाउन सकेको खण्डमा आगामी महाधिवेशनमा थापाको लक्ष्य पूरा हुनेतर्फ लाग्नेछ। किनकी, थापाले अब ५ बर्ष मात्र राजनीति गर्छु भन्ने बताइसकेका छन्, ५ बर्षअघि। उनले भनेका थिए,‘म १० बर्ष मात्र राजनीतिमा सक्रिय हुनेछु।’

आगामी महाधिवेशनमा सभापतिमा आफूलाई उभ्याउने वा संसदीय दलको नेता बन्ने महत्वकांक्षा राखेका उनले यी दुई पद मध्य एक अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई सुम्पने र प्रदीप पौडेललाई महामन्त्रीमा ल्याउने लक्ष्य राखेका छन्।

कांग्रेसको अवसरवादी समूहमा रहेर फड्को मारेका थापा यसअघि नेता कृष्णप्रसाद सिटौलाको समूहमा रहेका थिए। लोकप्रिय मतसहित महाधिवेशनमा महामन्त्रीमा निर्वाचित थापा सभापति देउवाको कार्यशैलीका कडा आलोचक हुन्।

राष्ट्रिय सभा निर्वाचन, महासमिति बैठकका एजेन्डालगायतका विषयमा भएको समूह भेलामा उनले देउवाप्रति कटाक्ष गर्दै भने,‘उहाँले एकल रुपमा पेलेर उम्मेदवार तयार पार्न सक्नुहुन्न। हामी त्यसको प्रतिरोध गर्नेछौं।’

कांग्रेसमा एउटै नेताले बारम्बार सभापतिको नेतृत्व लिँदा नयाँ पुस्ताले मौका नपाएको पटक–पटक बताउँदै आएका थापा पुस्तान्तरणको पक्षमा पनि रहेका छन्।

मापदण्ड नबनाई सर्वाधिकार सभापति देउवामा रहँदा अन्याय भएको उनको निचोड थियो। यसैको प्रतिक्रिया दिँदै थापाले भनेका थिए,‘आफ्नो समूहलाई मात्र हेर्ने सभापतिले अर्को समूहलाई गर्ने व्यवाहार नै अलग छ।’

थापाले महासमितिको बैठक पूर्वनिर्धारित समयमै हुनुपर्ने बताए। ‘महासमिति बैठकले सांगठनिक र राजनीतिक कुरामा दिशानिर्देश गर्नुपर्छ’, उनले भने, ‘महासमिति सार्ने कुरा उचित होइन। हामीले आज पनि निर्धारित समयमै हुनुपर्ने धारणा बनाएका छौं।’

तर सभापति देउवा भने महासमितिलाई अझ धकेल्ने प्रयासमा छन्। महासमिति बैठकमा यस पटक पार्टीले तय गरेको राजनीतिक धारणाभन्दा फरक प्रस्ताव आउन सक्ने स्थिति छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका