जोडिनुहोस
  • होमपेज
  • शेयर बजार ३८ अङ्कले बढ्यो, ६ महिनापछि कारोबार रकम ६ अर्ब रुपैयाँ नाघ्यो

शेयर बजार ३८ अङ्कले बढ्यो, ६ महिनापछि कारोबार रकम ६ अर्ब रुपैयाँ नाघ्यो

शेयर बजार आज सोमवार पनि दोहोरो अङ्कले बढेको छ । पछिल्ला केही दिनदेखि लगातार बढिरहेको शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव १४ अङ्कले बढेर दुई हजार ६० दशमलव ४९ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् बाहेक सबै समूहको शेयर बढेको छ । माइक्रोफाइनान्स समूहको शेयरमा हरियाली छाएको छ । आज बोटलर्स नेपाल, सूर्योज्योति लाइफ, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, वीपीडब्ल्यू लघुवित्त, नरुडे लघुवित्त, धौलागिरि लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन आज हिमालयन पावर पार्टनर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै आठ प्रतिशतले ओरालो लागेको छ ।

आज छ महिनायताकै उच्च कारोबार भएको छ । आज दुई करोड १४ लाख कित्ता शेयर छ अर्ब ८६ करोड ८१ लाख रुपैयाँमा कारोबार भएका छन् । गएको असार १० गतेयता छ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको आज पहिलो पटक हो । आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २६ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका