जोडिनुहोस
  • होमपेज
  • १४ किलो सुन प्रकरण भन्सार कार्यालयको छानबिन समितिले बुझायो प्रतिवेदन

१४ किलो सुन प्रकरण भन्सार कार्यालयको छानबिन समितिले बुझायो प्रतिवेदन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले १४ किलो सुन तस्करी प्रकरणको प्रतिवेदन बुझाएको छ । मंसिर २१ गते बिहीबार राति त्रिभुवन विमानस्थलमा बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न गठित समितिले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतिवेदन बुझाएको हो । समितिको प्रतिवेदनमा मीनबहादुर घले र उनको समूह नै सुन तस्करीमा संलग्न रहेको निष्कर्ष निकालिएको छ । फ्लाई दुबईको फ्लाइट एफजेड ५७३ मार्फत बिहीबार राति काठमाडौं आएका चन्द्र घलेलाई ११ बजेर ४० मिनेटमा सुनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनले छातीमा लुकाएर कपडाले बेरेर बिस्कुटजस्तो आकारको सुन ल्याएका थिए । सोधपुछमा घलेले उक्त सुन विमानस्थलबाट पक्राउ परेका अर्का व्यक्ति मीनबहादुर घलेको भएको बताएका थिए । समितिको अनुसन्धानले मीनबहादुरले दुबईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग मिलेर नेपालमा सुन तस्करी गर्दै आएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका