जोडिनुहोस
  • होमपेज
  • रविलाई मकैको खोया हान्ने युवकलाई १० दिन हिरासतमा राखिने

रविलाई मकैको खोया हान्ने युवकलाई १० दिन हिरासतमा राखिने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई शनिबार पोखरामा खोया प्रहार गर्ने युवकलाई प्रहरीले १० दिन हिरासतमा राख्ने भएको छ । सार्वजनिक ठाउँमा शान्ति भंग गरेको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालयले कास्कीले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

शनिबार सभामा रविले बोल्दै गर्दा लमजुङको राइनास नगरपालिका–८ का सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए । प्रहरीले राइनासबाट उनको विवरण मगाएर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । राइनास–८ वडाध्यक्ष कृष्णबहादुर रानाभाटले खोया प्रहार गर्ने सन्तोषको परिवारमा अन्य व्यक्ति साथमा नरहेको र उनी राजनीतिक आस्था राख्ने व्यक्ति पनि नभएको बताए ।

रास्वपा सभापति रवि लामिछानेले खोया हान्ने व्यक्तिलाई केही नगर्न आग्रह गरेका थिए । तर, प्रहरीले रास्वपा वा कुनै व्यक्तिको उजुरीका आधारमा नभइ प्रहरी प्रतिवेदनका आधारमा मुद्धा अगाडि बढाइएको एसपी थापाले बताए । वडाध्यक्ष कृष्णबहादुरले भने ती व्यक्तिलाई मुद्धा चलाएर हिरासतमा राख्नुको अर्थ नभएको बताए । ‘न उनको परिवारमा कोही छ, न उनी राजनीतिक आस्था र प्रतिशोध साँध्ने व्यक्ति हुन्’, उनले भने, ‘उसको जिम्मा लगाउने परिवारका सदस्यसमेत छैनन्, उनी विक्षिप्त छन्, बरु उनलाई मनोपरामर्श र सहारा चाहिएको छ ।’

पूर्व गृहमन्त्री, उनको पार्टीबाट कसैले उजुरी नगरे पनि अनुसन्धान अगाडि बढाउनु प्रहरीको जिम्मेवारी भएको एसपी थापाको भनाइ छ । वयानमा सन्तोषले झुक्किएर प्रहार भएको र आफ्नो कुनै प्रतिशोध पनि नरहेको बताएका छन् ।सन्तोषको बुबा जागिर गर्न भारत गएको र ३५ वर्षदेखि सम्पर्कविहीन रहेको, आमा पनि घरमा नरहेको, श्रीमती र बच्चा पनि उनको साथमा नभएको, उनकै परिवारका ठूलो बुवाको पनि अघिल्लो साल मृत्यु भएको वडाध्यक्ष रानाभाटले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका