जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति चुनावमा ट्रम्पको योग्यताबारे मुद्दा अघि बढाउन अमेरिकाको सर्वोच्च अदालत सहमत

राष्ट्रपति चुनावमा ट्रम्पको योग्यताबारे मुद्दा अघि बढाउन अमेरिकाको सर्वोच्च अदालत सहमत

अमेरिकी सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि उम्मेदवार बन्न पाउनेरनपाउने विषयको मुद्दामा सुनुवाइ गर्ने जनाएको छ । कोलोराडोको अदालतले चुनावमा अयोग्य ठहर्‍याएपछि ट्रम्पले त्यस विरुद्ध पुनरावेदन दिनुभएको थियो । ट्रम्पको पुनरावेदन मुद्दा अघि बढाउन सर्वोेच्च अदालतका न्यायाधीशहरू सहमत भएका बीबीसीले जनाएको छ । फेब्रुअरी महिनामा हुने सुनुवाइको आदेश देशव्यापी रूपमा कार्यान्वयन हुने अमेरिकी सर्वोच्च अदालतले जनाएको छ ।

कोलोराडो पछि मेइन राज्यमा पनि ट्रम्प राष्ट्रपति पदमा उम्मेदवार बन्न अयोग्य रहेको आदेश भएको छ । अरु कैयौँ राज्यमा ट्रम्पलाई चुनावका लागि अयोग्य ठहर गर्न माग गर्दै मुद्दाहरू दर्ता गरिएका छन् । तीन वर्षअघिको अमेरिकी संसद् भवनमा भएको आक्रमणको घटनाका बेला ट्रम्प देशद्रोहमा संलग्न भएको आरोप लगाइएको छ । अमेरिकाको संविधानको १४औँ संशोधनले देशद्रोह वा विद्रोहमा संलग्न जो कोहीलाई सङ्घीय पद धारण गर्न अयोग्य ठहराउँछ । तर ट्रम्पका वकिलले त्यो राष्ट्रपति भइसकेका व्यक्तिका हकमा लागू नहुने तर्क राखेका छन् । रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका लागि अग्रणी उम्मेदवार ट्रम्पलाई यस वर्षको नोभेम्बरमा हुने चुनावमा डेमोक्रयाट राष्ट्रपति जो बाइडनको प्रतिस्पर्धी हुनसक्ने ठानिएको बीबीसीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका