जोडिनुहोस
  • होमपेज
  • लगानी भित्र्याउन सरकारले वातावरण बनाइरहेको छ अर्थमन्त्री

लगानी भित्र्याउन सरकारले वातावरण बनाइरहेको छ अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकमा लगानी भित्र्याउन सरकारले आवश्यक वातावरण बनाइरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित भारत नेपाल बिजनेश फोरममा मन्त्री महतले नेपालमा लगानीका धेरै उपयुक्त क्षेत्र रहेकाले लगानी गर्न आह्वान गर्दै सरकारले आवश्यक वातावरण बनाइरहेको बताएका हुन् । उनले लगानीलाई सहज गर्न पुराना कानूनहरूलाई परिमार्जन गर्दै लैजाने उल्लेख गरेका छन् ।

सरकारले आगामी अप्रिलमा लगानी सम्मेलन गर्न लागेको भन्दै मन्त्री महतले त्यसअघि सरकारले आवश्यक पूर्वाधार तयारीमा ध्यान केन्द्रित गरेको जिकिर गरे । उनले जलविद्युत क्षेत्रका नेपालले फड्को मारेको र भारतले १० हजार मेगावाट खरिद गर्ने सम्झौता भएको अवस्थामा अन्य वस्तुहरूको निर्यातमा पनि निजी क्षेत्रले ध्यान दिनुपर्ने बताए । नेपालमा सयौं पर्यटकीय स्थल भएपनि सडकको अवस्थाका कारण त्यसको पूर्ण उपयोग गर्न नसकेकाले सडक निर्माणमा समेत ध्यान दिएको उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका