जोडिनुहोस
  • होमपेज
  • काठमाडौं महानगर अगाडि फुटपाथ व्यवसायीको प्रदर्शन

काठमाडौं महानगर अगाडि फुटपाथ व्यवसायीको प्रदर्शन

काठमाडौं महानगरपालिका अगाडि फुटपाथ व्यवसायीले प्रदर्शन गरेका छन् । महानगर प्रहरीले फुटपाथ व्यवसायीहरुको ठेलागाडा, साइकल, डोको लगायतका सामान जफत गरेपछि उनीहरुले सोमबार महानगर कार्यालय काठमाडौं प्लाजा अगाडि प्रदर्शन गरेका हुन् ।

पछिल्लो समय नगर प्रहरीले थप कडाइ गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् । ‘हामीले आइतबार साँझ पनि एउटा अप्रेसन गरेका थियौं, जसमा १५ भन्दा बढी ठेलागाडासहित अन्य सामग्री जफत गरेका थियौं । सोही कुरालाई लिएर अहिले प्रदर्शन भइरहेको छ,’ महानगर प्रहरीका एक अधिकारीले भने ।

फुटपाथ तथा साना व्यवसायीहरुले अहिले काठमाडौं प्लाजाको पुतली सडक तर्फ रहेको मुलगेटमा धर्ना दिइरहेका छन् । नेपाल प्रहरीसहित नगर प्रहरीको टोलीले गेटमा सुरक्षा दिइरहेको छ । महानगरको विभिन्न स्थानबाट फुटपाथ व्यवसायीका ३८ थान ठेलागाडा र ३९ थान साइकल जफत गरेको नगर प्रहरीले बताएको छ । आन्दोलनको अगुवाई गरेका अभियान्ता कुमार सापकोटोले नगर प्रहरीले लुटको शैलीमा फुटपाथ व्यवसायीको सामान जफत गरेका कारण आन्दोलनमा उत्रिनु परेको बताए । ‘उहाँहरुले सामान जफत गर्दा कतिजना फुटपाथ व्यवसायीहरुको गलामा लगाएको गहना, मोबाइल समेत हराएको छ । रोजीरोटी गर्ने साधन खोसिएको छ । यसकै विरोधमा आजको आन्दोलन हो,’ सापकोटाले अनलाइनखबरसँग भने । फुटपाथ व्यवसायलाई व्यवस्थित गर्न अभियान्ता ईःसँग सम्झौता गरेको महानगरले सम्झौता कार्यान्वयन गर्न बनाएको समिति अझै पूर्ण सक्रिय भएको छैन । महानगरले ईःसँग गरेको सम्झौता कार्यान्वयन कार्यदल समितिका सदस्य समेत रहेका सापकोटाले नगर प्रहरीको ज्यादतीविरूद्ध आन्दोलन निरन्तर गर्नेबारे छलफल भइरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका