जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री कपमा पुलिसको लगातार पाँचौं जित

प्रधानमन्त्री कपमा पुलिसको लगातार पाँचौं जित

नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कपमा लगातार पाँचौं जित हासिल गरेको छ । बुधबार मूलपानी मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार पाँचौं जित हासिल गरेको हो । यस खेलमा मधेश प्रदेशले दिएको ९७ रनको लक्ष्य पछाएको पुलिस क्लबले १८।३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि मधेश प्रदेशले टस हारेर पहिला ब्याटिङ गर्दै २४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाएको थियो । मधेश प्रदेशका लागि कप्तान हरिशंकर शाहले २२, अरनिको यादवले २३ तथा अभिशेख तिवारीले ११ रन बनाए । यी बाहेक मधेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यस्तै नेपाल पुलिसका बलर सागर ढकालले सर्वाधिक ५ विकेट लिए भने ललित राजवंशीले ४ विकेट लिएका थिए । यो जितपछि पुलिस क्लबको ५ खेलमा १० अंक भएको छ र शीर्ष स्थानमा रहेको छ । त्यस्तै मधेश प्रदेशले भने तेस्रो हार बेहोरेको छ । मधेश प्रदेशको ७ खेलमा ८ अंक रहेको छ र अंकतालिकामा दोस्रो स्थानमा रहेको छ । अब पुलिस क्लबले शुक्रबार कर्णाली प्रदेशसँग टियु मैदानमा खेल्ने छ भने मधेश प्रदेशले बिहीबार टियु मैदानमा गण्डकी प्रदेशसँग खेल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका