जोडिनुहोस
  • होमपेज
  • नेपालको दोस्रो विकेट, आकास त्रिपाठी ६ रनमा आउट

नेपालको दोस्रो विकेट, आकास त्रिपाठी ६ रनमा आउट

आइसीसी यू(१९ विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेल पाकिस्तानसँग खेलेको नेपालले दोस्रो विकेट गुमाएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका आकास त्रिपाठी ६ रनमा आउट भए । त्रिपाठीलाई पाकिस्तानका अहमेद हुसेनले क्याट आउट गराए । यसअघि नेपालका अर्जुन कुमालको विकेट पनि हुसेनले नै लिएका थिए । अघिल्लो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका अर्जन आउट हुँदा नेपाल दबाबमा देखिएको छ । अहिले ओपनिङ ब्याटर विपिन रावल र कप्तान देव खनाल खेलिरहेका छन् । आज नेपालको प्लेइङ ११ मा तीन परिवर्तन गरिएको छ । आजको खेलमा दुई दीपक बोहरा र तिलक भण्डारी छैनन् भने विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्ताले मौका पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका