जोडिनुहोस
  • होमपेज
  • मेस्सीलाई फिफा प्लेयर अफ द इयर अवार्ड

मेस्सीलाई फिफा प्लेयर अफ द इयर अवार्ड

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा प्लेयर अफ द इयर अवार्ड जितेका छन् । फिफा द बेस्ट अवार्ड २०२२ अन्तर्गत मेस्सीले पुरुषतर्फ प्लेयर अफ द इयर अवार्ड जितेका हुन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डले फ्रान्सका केलियन एमबाप्पे र करिम बेन्जिमालाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेस्सीले अर्जेन्टिनालाई आफ्नो कप्तानीमा कतार विश्वकपको उपाधि दिलाएका थिए । मेस्सीले २०२१/२२ मा क्लब र राष्ट्रका लागि ४९ खेलमा २७ गोल गरेका थिए ।

महिलातर्फको प्लेयर अफ द इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् । पुरुषको कोच अफ द इयर अवार्ड अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले जिते ।

महिलाको कोच अफ द इयर अवार्ड सरिना वेइगम्यानले हात पारिन् । गोलकिपर अफ द इयर अवार्डको पुरुषतर्फ अर्जेन्टिनाका इमिलियानो मार्टिनेज र महिलामा मारी एअर्प्सले जितिन् ।

मार्सिन ओलेक्सीले पुस्कास अवार्ड प्राप्त गर्दा बेस्ट फ्यान अवार्ड अर्जेन्टिना समर्थक र फेयर प्ले अवार्ड लुका लोचोसभिलीले प्राप्त गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका