जोडिनुहोस
  • होमपेज
  • बालकुमारी घटनाबारे बयानका लागि बोलाइयो मन्त्री ज्वालालाई

बालकुमारी घटनाबारे बयानका लागि बोलाइयो मन्त्री ज्वालालाई

गत पुस १३ गते ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनाबारे बयानका लागी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाइएको छ। बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मन्त्री ज्वालालाई बयानका लागि बोलाएको हो। ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा झडप हुँदा दुई जनाको मृत्यु भएको थियो । बालकुमारी घटनाको अध्ययन गर्नका लागि पुस १६ गतेको मन्त्रिपरिषद्को निर्णयले जाँचबुझ आयोग गठन गरेको छ । जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा २ बमोजिम न्यायाधीश शेखर प्रसाद पौडेलको अध्यक्षतामा गठन भएको छ । पौडेल उच्च अदालतका पूर्व न्यायाधीश हुन । बयानमा ज्वालासँग आन्दोलन स्थलमा जानका कारण तथा अन्य समग्र पक्षको बारेमा बयान लिइने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका