जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने सकारको निर्णय

राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने सकारको निर्णय

सरकारले राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा निजी क्षेत्रको प्रतिनिधित्व हुने गरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको छ भने नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष पदमा सञ्चालक समिति सदस्य विक्रम राईलाई नियुक्त गर्ने निर्णय भएको उनले बताइन् । बैठकले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता शर्माले बताइन् । त्यस्तै बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा लेखनाथ लामा र डा साहारा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

यो पनि

वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त, योजना आयोगको सदस्यमा उमाशंकर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका