जोडिनुहोस
  • होमपेज
  • ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ आजदेखि सुरु

‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ आजदेखि सुरु

निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूका बारेमा जानकारी दिने उद्देश्यका साथ ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा लि र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा काठमाडौंको भृकुटिमण्डपमा सुरु एक्स्पोको अर्थमन्त्री डा प्रकाशशरण महतले उद्घाटन गरे । चार दिनसम्म चल्ने मेलामा विभिन्न देशका ३ सय भन्दा बढि ख्याति प्राप्त ब्रान्डहरू का १५० भन्दा बढि स्टल रहेको आयोजकले जनाएका छन् ।

मेलाको उद्घाटन गर्दै अर्थमन्त्री महतले बिभिन्न उत्पादनहरू उपभोक्ताहरूलाई बुझ्न एक्स्पोमार्फत सहज हुने विश्वास व्यक्त गरे । नेपालको बजारमा विदेशी उत्पादनको कारखाना स्थापना गर्न पनि यस्ता एक्स्पोले उत्प्रेरित गर्ने उनले बताए । एक्स्पोमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनी, अपार्टमेन्ट कम्पनी, आर्किटेक्चरल हार्डवेयर, वाथरूम फिटिङ्स, पाइप, टाइल र सेनेटरी वेयर, पावर औजार, कंक्रिट ब्लक मेसिनरी उत्पादक, मटेरियल ह्यान्डलिङ उपकरण, एल्युमिनियम कम्पोजिट प्यानल आदिको सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका