जोडिनुहोस
  • होमपेज
  • नेपालमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल

नेपालमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल भएको छ । अति जटिल र जोखिमयुक्त मानिने उक्त शल्यक्रिया यसअघि नेपालमा प्रयास समेत गरिएको थिएन । नवलपरासीको १४ वर्षीया बालिकामा गरिएको उक्त शल्यक्रिया डा रविन्द्रभक्त तिमला, डा मरिषा अर्याल, डा सुजन बोहरा र डा सन्दीप भण्डारी संलग्न थिए । उक्त बालिकामा सानैदेखि निलो हुने, दौडिन नसक्ने र बेला–बेलामा अर्धचेत हुने समस्या देखिँदै आएको थियो । चिकित्सकका अनुसार कमजोर आर्थिक कारणले परिवारले उनको उचित उपचार गर्न सकिरहेका थिएनन् । डा तिमलाका अनुसारसाइटस इनभर्सस, करेक्टेड ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज, भेन्ट्रिकुलर सेप्टल डिफेक्ट, पल्मोनरी स्टेनोसिस जस्ता चारवटा संरचनागत त्रुटी भएको बालिकाको मुटुको र बाहिर गरी दुई ठाउँमा रगत विपरीत ठाउँमा बगिरहेको थियो । शल्यक्रियामार्फत भित्र र बाहिर दुवैतर्फ रगत बग्ने बाटो मिलाइएको डा तिमलाले बताए । उनका अनुसार प्राविधिक रुपमा ‘सेनिङ’ र ‘रुस्टेली’ नामक दुई वटा छुट्टै शल्यक्रिया गर्न उक्त बालिकाको साढे चार घन्टा मुटु पूरै बन्द गरिएको थियो । यस्तै शल्यक्रिया गर्न १० घन्टा लागेको थियो । चिकित्सकका अनुसार ती बालिका केही दिनमै डिस्चार्ज गर्न लागिएको छ । शल्यक्रियाको नेतृत्व डा तिमलाले गरेका थिए । उक्त बालिकाको उपचार सरकारको कार्यक्रम अन्तर्गत निःशुल्क गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका