जोडिनुहोस
  • होमपेज
  • माओवादीको स्थायी समिति हटाउन झक्कु सुवेदीको सुझाव

माओवादीको स्थायी समिति हटाउन झक्कु सुवेदीको सुझाव

माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले माओवादीको स्थायी समिति हटाउन सुझाव दिएका छन् । पार्टीको प्रथम विधान महाधिवेशनमा उनले यस्तो सुझाव दिएका हुन् ।

सुवेदीले वैज्ञानिक समाजवादमा जानेगरी प्रस्तावना लेखिनुपर्ने बताउँदै जातीय छुवाछुत गम्भीर रूपमा लिनुपर्ने व्यवस्था गरिनुपर्ने समेत सुझाव दिए । उनले नागरिकता पाएपछि पार्टी सदस्य दिनुपर्ने व्यवस्था गर्न समेत माग गरेका छन् । मंगलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादीको विधान अधिवेशनमा २० समूहमा छलफल गरि विधान पारित गरिने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका