जोडिनुहोस
  • होमपेज
  • पालुङ्गो साग बेचेर नवलपरासीका महतो दम्पतीले ३ महिनामै ३ लाख रुपैयाँ आम्दानी गर्दै

पालुङ्गो साग बेचेर नवलपरासीका महतो दम्पतीले ३ महिनामै ३ लाख रुपैयाँ आम्दानी गर्दै

नवलपरासी बर्दघाट सुस्तापूर्व को कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गो खोले सागखेती गरेर मनग्य आम्दानी गरिरहनुभएको छ । विगत दुई वर्षदेखि व्यावसायिकरूपमा पालुङ्गो सागखेती गर्दै आउनुभएको महतो दम्पतीले वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले मङ्सिरदेखि चैतसम्म राम्रो आम्दानी दिने किसान लक्ष्मीले बताउनुभयो । केही वर्षअघिसम्म चैते धान लगाउने गरेकामा विगत दुई वर्षदेखि पालुङ्गे साग लगाउन थालेको उहाँले बताउनुभयो । पालुङ्गे सागमा सामान्य जैविक मल प्रयोग गर्ने गरेको र चैते धानभन्दा यसले जीविकोपार्जनमा राहत पुर्‍याएको उहाँको भनाइ छ ।

महतो दम्पतीले साग बिक्री गरेर यामअनुसार तीन महिनामा नै तीन लाख रुपैयाँसम्म आम्दानी गर्नुभएको छ । माघमा मात्र पहिलो पटक काटिएको सागबाट ८० हजार रुपैयाँभन्दा धेरै आम्दानी गरिसकेको लक्ष्मीले बताउनुभयो । मङ्सिरमा लगाएको पालुङ्गे साग चैतसम्म उत्पादन हुने गर्दछ । खोलामा खेर गइरहेको पालुङ्गे सागलाई पहिलो पटक दुई वर्षअघि बिक्रीका लागि बजार लैजाँदा ग्राहकाले मन पराएपछि यसैलाई व्यावसायिक खेती गरेको उहाँले जानकारी दिनुभयो ।

गर्मी मौसममा अन्य साग उत्पादन कमै हुने भएकाले पनि पालुङ्गे सागको माग अझ बढ्ने गरेको छ । एक पटक काटिसकेपछि पनि निरन्तर उम्रिने भएकाले लगानी र मेहनत कम पर्ने हुँदा किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका