जोडिनुहोस
  • होमपेज
  • ललितकला प्रज्ञा प्रतिष्ठानमा चित्रकलाको अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरु

ललितकला प्रज्ञा प्रतिष्ठानमा चित्रकलाको अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरु

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा नेपाल र जर्मनीका कलाकारले तयार पारेका चित्रकलाको अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरु भएको छ । प्रतिष्ठानमा गएको माघ २२ र २३ गते आयोजित ‘अन्तर्राष्ट्रिय कला कार्यशाला २०२४’बाट सिर्जित कलाकृतिको साताव्यापी प्रदर्शनी शुरु भएको हो । प्रदर्शनी यही फागुन १४ गतेसम्म रहने छ ।

‘कनेक्टिङ कल्चर थु्र आर्टस्’ शीर्षकमा शुरु भएको प्रदर्शनीमा नेपाल र जर्मनीका ४३ कलाकारको सिर्जना समावेश गरिएको छ । जसमा १० जना विदेशी कलाकार सहभागी भएका छन् । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस कार्यक्रमले नेपाल र जर्मनीबीचको सम्बन्ध अझ प्रगाढ बढाउने बताउनुभयो ।

यसैबीच मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाण्डौमा प्रदर्शन भएको छ । इम्पल्स एनजीओ नेटवर्कले काठमाण्डौमा मानव बेचबिखनबारे डकुमेन्ट्री फ्रम द स्याडोज’ वृत्तचित्र प्रदर्शन गरेको हो । मानव बेचबिखन तथा शोषण विरुद्ध जनचेतना जगाउने र कारबाही गर्न उत्प्रेरित गर्ने उद्देश्यले यसको प्रदर्शन गरेको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका