जोडिनुहोस
  • होमपेज
  • मिटरब्याजीको ११ करोड १५ लाख बढीको मिलापत्र गराइयो

मिटरब्याजीको ११ करोड १५ लाख बढीको मिलापत्र गराइयो

जलेश्वर (महोत्तरी) । महोत्तरीमा परेको मिटरब्याजीसम्बन्धी निवेदनउपर कारबाही गरी रु ११ करोड १५ लाख बढीको मिलापत्र गराइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले दिएको जानकारीअनुसार महोत्तरीका विभिन्न ठाउँबाट आएको अनुचित लेनदेन (मिटरब्याजी_ सम्बन्धी विवादमा रु ११ करोड १५ लाख ३८ हजार चार सय ९२ को मिलापत्र गराइएको हो । उहाँका अनुसार जिल्लामा कूल दुई हजार आठ सय ३० मिटरब्याजसम्बन्धी निवेदन आएकामा ऋणी र धनी दुवै पक्षलाई बोलाएर एक हजार तीन सय ३९ निवेदनउपर छलफल गराई सात सय ५९ निवेदनमा मिलापत्र गराउन सफल भएर सो रकम बराबरको मिलापत्र गराइएको हो ।

त्यसैगरी, ऋणीबाट साहुद्वारा लिइसकिएको २० बिघा १३ धुर जग्गा पनि तिनै छलफलमार्फत फिर्ता गराउनसमेत सफल भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । अहिले जिल्ला प्रहरी कार्यालयमा मिटरब्याजीसम्बन्धी निवेदनउपर दैनिक रुपमा निरन्तर छलफल, सुनुवाइ र कारबाही प्रक्रिया तीव्र गतिले अगाडि बढाइएको छ । निवेदनहरुमा मिलापत्र गर्ने÷गराउने सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ ।

पछिल्लो एक महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय एक सय ८६ निवेदनउपर छलफल गराउँदा एक सय ५५ निवेदनमा मिलापत्र गराउन सफल भएको हो । ती निवेदनबाट रु चार करोड ९० लाख एघार हजार तीन सय ३४ को मिलापत्र र सात बिघा १३ धुर जमिन फिर्ता गराइएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका