जोडिनुहोस
  • होमपेज
  • नेपाल हङकङसँग ७३ रनले पराजित

खेलकुद

नेपाल हङकङसँग ७३ रनले पराजित

  • Sagarmatha TV
  • शनिबार, फाल्गुन २६, २०८०
नेपाल हङकङसँग ७३ रनले पराजित

हङकङसँगको एकमात्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ । हङकङले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ४ बलमा १ सय ३९ रन बनाउँदा अल आउट भयो । १ सय १७ रन बनाउँदा ३ विकेट गुमाएको नेपालले त्यसपछि २२ रन जोड्दा बाँकी ७ विकेट गुमायो । नेपालका विनोद भण्डारीले ४२, आरिफ शेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । हङकङका अजाज खानले ४ र एहसन खानले ३ विकेट लिए ।

यसअघि घरेलु मैदान मोङ कोकको मिसन रोड ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनायो । हङकङका बाबर हायातले शतक बनाएर । बाबर ४९ बलमा १ सय १० रन बनाएर आउट भए । नेपालका आकाश चन्दले ३ विकेट लिए । आकाशले आजको खेलमा नेपालबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन् ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच भोलिदेखि त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला शुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसँग एकमात्र खेलको फ्रेन्डशिप कप खेलेको हो ।

त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले पहिलो खेल भोलि हङकङसँग खेल्नेछ । यस्तै नेपालले फागुन २९ गते पपुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते शृङ्खलाको फाइनल खेल हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका