जोडिनुहोस
  • होमपेज
  • मुख्यमन्त्री कार्कीले राजीनामा नदिए बर्खास्त गर्ने एमाको चेतावनी

मुख्यमन्त्री कार्कीले राजीनामा नदिए बर्खास्त गर्ने एमाको चेतावनी

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिए बर्खास्त गर्ने नेकपा एमाले संसदीय दलले चेतावनी दिएको छ। कांग्रेस नेता कार्की एमालेकै समर्थनमा मुख्मन्त्री बनेका हुन् । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको दाबी गर्दै तत्काल पदबाट राजीनामा दिएर प्रदेशलाई निकास दिनुपर्ने बताए । यदि कार्कीले राजीनामा नदिए संवैधानिक विधिबाट उनलाई बर्खास्त गरिने भण्डारीको दाबी छ ।

संसदीय पत्रकार मञ्च कोशीले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले सचेतक भण्डारीले यदि राजीनामा दिन कार्कीले आलटाल गरे आफूहरुले आवश्यक कदम चाल्ने चेतावनी दिए । ‘यो सरकार राजनीतिक हिसावले अल्पमतमा परिसक्यो । अहिले नै राजीनामा दिँदा हुन्छ । राजीनामा नदिने हो भने सत्ता पक्ष अल्पमतमा देखिनेछ र विपक्षी बहुमतमा देखिने छत्यस्तो अवस्थामा एक मिनेटमा पनि मुख्यमन्त्रीले राजीनामा दिनुको विकल्प छैन,’ भण्डारीले भने ।

उनले थपे, ‘राजीनामा नदिए संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिनुपर्यो । यदि प्रक्रियामा पनि नगएर जबर्जस्ती गर्न खोज्नु भयो भने संविधानको सर्वोच्चता, सवोच्च अदालतको आदेश, कानून बमोजिम उहाँलाई हटाउँछौं ।’

उनले संघीय सरकारको गठबन्धन गठबन्धन भत्किएर अर्को गठबन्धन बनिसकेपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेको दाबी गरे । ‘माओवादी र एकीकृत समाजवादीका मन्त्रीहरुले राजीनामा दिनुहोला, उहाँहरुले छोडेको २४ घण्टाभित्र हामीले आफ्नो स्टेप चाल्छौं । त्यसपछि राजीनामा दिँदा पनि उहाँले अप्ठ्यारो गरी राजीनामा दिनुपर्ने हुन्छ,’ एमाले नेता भण्डारीले भने । केन्द्रको सहमति अनुसार एमालेको भागमा कोशी प्रदेश परे पुनः हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने भण्डारीले बताए ।

प्रदेश प्रमुखले चाहेमा संविधानको धारा १६८ को उपधारा २ अनुसार पनि सरकार बन्न सक्ने वा कुनै दलहरु एक भएर बहुमत सिद्ध गर्नसके संविधानको धारा १६८ को उपधारा १ बाट पनि सरकार बन्न सक्ने उनले दाबी गरे । तर केन्द्रमा हुने भागबन्डामा माओवादी र एकीकृत समाजवादीको नेतृत्वको सरकारलाई पनि स्वीकार गर्ने बताउँदै भण्डारीले भने, ‘सरकार एमालेकै हुनुपर्छ भनेर हामीले दाबी गरेका छैनौं, सहमति गरेर अगाडि बढ्न सक्छ ।’ संविधानका कतिपय जानकारहरुले भने कोशीमा केदार कार्कीको सरकार ढलिसकेपछि पुरानै प्रक्रियातिर नगई गैरदलीय सरकार बन्ने वा मध्यावधि चुनावमा जाने तर्क गर्दै आएका छन् ।

यो पनि
‘विद्रोह गरेर मुख्यमन्त्री बनेको मान्छे हुँ, विधान हैन, संविधान मान्छु’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका