जोडिनुहोस
  • होमपेज
  • २२ जना सहसचिव र उपसचिवको सरुवा

२२ जना सहसचिव र उपसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले २२ सहसचिव र उपसचिवको सरुवा गरेको छ। गृहले मंगलबार विभिन्न जिल्लामा २२ जना सहसचिव र उपसचिवको सरुवा गरेको हो ।

जसमा लामो समयदेखि रिक्त अध्यागमन विभागको महानिर्देशकमा सहसचिव कोषहरी निरौलालाइ पठाइएको छ । ६ फागुनमा तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङरिुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि विभाग महानिर्देशकविहीन थियो ।

त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमास्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालको राष्ट्रिय विपद जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा भएको छ । उनको ठाउँमा नरबहादुर थापालाई पठाइएको छ । यसैगरी गृहले ११ जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूको सरुवासमेत गरेको छ ।

संखुवासभामा ध्रुबहादुर खड्का, अर्घाखँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी, जाजरकोटमा ऋषिराज आचार्य, धनुषमा रामराज कडरियालाई, खोटाङमा शिवकुमार कार्की, दार्चुलामा यज्ञराज जोशीलाई दार्चुला, तेह्रथुममा मिना अर्याल र ताप्लेजुङमा रवीन्द्र आचार्यलाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका