जोडिनुहोस
  • होमपेज
  • रोनाल्डो सर्वाधिक कमाउने खेलाडी

रोनाल्डो सर्वाधिक कमाउने खेलाडी

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् ।

फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार रोनाल्डो सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।

साउदी अरेबियन क्लब अल नसरका फरवार्ड रोनाल्डोको आम्दानी १३६ मिलियन अमेरिकी डलर रहेको छ ।

रोनाल्डो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीलाई पछि पार्दै सर्वाधिक कमाउने खेलाडी बनेका हुन् ।

मेस्सीको आम्दानी १२० मिलियन अमेरिकी डलर रहेको छ । तेस्रो स्थानमा रहेका केलियन एमबाप्पेको आम्दानी १२० मिलियन अमेरिकी डलर रहेको छ ।

फोर्ब्सको सूची अनुसार चौंथो स्थानमा रहेका अमेरिकी बास्केटबल स्टार लेबरोन जेम्सको आम्दानी ११९.५ मिलियन अमेरिकी डलर रहेको छ ।

पाँचौं स्थानमा रहेका बक्सिङ खेलाडी कानेलो अल्भारेजको आम्दानी ११० मिलियन अमेरिकी डलर रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका