जोडिनुहोस
  • होमपेज
  • इन्टरपोलमार्फत १३ जना पक्राउ

इन्टरपोलमार्फत १३ जना पक्राउ

नेपाल प्रहरीले एक वर्षमा १३ जना फरार अपराधीलाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय इकाई इन्टरपोल मार्फत पक्राउ गरेको छ । नेपालमा अपराध गरी विदेश गई लुकेर बसेकालाई प्रहरीले पक्राउ गरेको हो ।

बिहिबार नेपाल प्रहरीले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा २०७९ चैतदेखि २०८० फागुन ३० गतेसम्म १३ जना पक्राउ परेको प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता भीम ढकालले बताए ।

उनले भने, ‘जबरजस्ती करणी गरेर फरार रहेका ४ जना, ठगी ५ जना, साइबर अपराध २ जना, आगूऔषध १ जना र मानव बेचविखनमा १ जना पक्राउ परेका छन् ।’

त्यसमध्ये १२ जनालाई ‘रेड नोटिस’ जारी गरिएको थियो । एक जनालाई ‘डिफ्युजन नोटिस’ जारी गरिएको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका