जोडिनुहोस
  • होमपेज
  • न्युजिल्याण्डले पाकिस्तानलाई दियो ४ सय २ रनको लक्ष्य, इंग्ल्याण्डसँग अष्ट्रेलिया पहिले ब्याटिङ गर्दै

न्युजिल्याण्डले पाकिस्तानलाई दियो ४ सय २ रनको लक्ष्य, इंग्ल्याण्डसँग अष्ट्रेलिया पहिले ब्याटिङ गर्दै

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले पाकिस्तानलाई ४ सय २ रनको लक्ष्य दिएको छ । बेंग्लोरमा टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ४ सय १ रन बनायो । उसका लागि रचिन रविन्द्रले १ सय ८ रन र केन विलियम्सनले ९५ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका मोहम्मद वासिमले तीन विकेट लिए । ७ खेलमा ८ अङ्कका साथ न्युजिल्याण्ड तालिकाको चौथो र समान खेलमा ६ अङ्क रहेको पाकिस्तान छैठौं स्थानमा छ । सेमिफाइनलमा पुग्न पाकिस्तानले आजको र अन्तिम खेलमा इंग्ल्याण्डलाई हराउनैपर्नेछ, साथै अरुको नतिजामा पनि भर पर्नुपर्नेछ ।

आजै अस्ट्रेलिया र इंग्ल्याण्ड खेलिरहेका छन् । अहमदावादमा इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि अष्ट्रेलियाले पहिले ब्याटिङ गरिरहेको छ । ६ खेलमा दुई अङ्क सहित पुछारमा रहेको इंग्ल्याण्ड बाहिरिइसकेको छ । ६ खेलमा आठ अङ्क भएको अष्ट्रेलिया आज विजयी भएमा सेमिफाइनल पुग्ने लगभग पक्का हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका