जोडिनुहोस
  • होमपेज
  • स्केटबोर्ड टोली शारजाह जाँदै

स्केटबोर्ड टोली शारजाह जाँदै

काठमाडौं, स्केटबोर्ड विश्व च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार युएइको शारजाह प्रस्थान गर्ने भएको छ ।

जनवरी २९ देखि फेब्रुअरी १२ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष-महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा गजेन्द्र बर्देवा र बसन्त राई तथा महिलामा पेम्बा श्रेष्ठ र समिक्षा राई रहेका छन् ।

चारै खेलाडी गत जेठमा भएको राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताका स्वर्ण विजेता हुन् । टिम व्यवस्थापकमा अजय सारु तथा प्रशिक्षकमा उज्ज्वल डंगोल रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका