जोडिनुहोस
  • होमपेज
  • नेपालको चार विकेट गयो, कप्तान देव र उत्तम आउट

नेपालको चार विकेट गयो, कप्तान देव र उत्तम आउट

आइसीसी यू–१९ विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेल पाकिस्तानसँग खेलेको नेपालले चौथो विकेट गुमाएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका कप्तान देव खनाल २३ रनमा र उत्तम मगर ४ रनमा आउट भएका हुन । देवले ओपनिङ ब्याटर विपिन रावलसँग तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे । यसअघि नेपालका ओपनिङ ब्याट्सम्यान अर्जुन कुमाल ६ रन बनाएर आउट हुँदा आकास त्रिपाठी पनि ६ रनमा नै आउट भएका थिए । दुवै ब्याटरलाई पाकिस्तानका अहमेद हुसेनले आउट गरे । अर्जुनले न्युजिल्यान्डविरुद्धको खेलमा ९० रन बनाएका थिए । आज नेपालको प्लेइङ ११ मा तीन परिवर्तन गरिएको छ । आजको खेलमा दुई दीपक बोहरा र तिलक भण्डारी छैनन् भने विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्ताले मौका पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका