जोडिनुहोस
  • होमपेज
  • मैत्रीपूर्ण खेलका लागि ४३ खेलाडी बन्द प्रशिक्षणमा

मैत्रीपूर्ण खेलका लागि ४३ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं, नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ४३ खेलाडीलाई डाकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार ४३ जना खेलाडीको नाम घोषणा गरेको हो ।

राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षण मंगलबारदेखि एन्फा कम्प्लेक्समा सुरु हुने एन्फाले जनाएको छ । एन्फाले आइतबार अनन्त कुमार थापालाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

यस्तै गंगा गुरुङ सहायक प्रशिक्षक नियुक्त भएका छन् । सुरज कुमार लामालाई गोलकिपर प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ ।

टिम म्यानेजरमा वृन्दा देवान नियुक्त भएकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका