जोडिनुहोस
  • होमपेज
  • मुख्यमन्त्री शाहकाे शपथ आज

राजनीति

मुख्यमन्त्री शाहकाे शपथ आज

  • Sagarmatha TV
  • शुक्रबार, माघ २७, २०७९
मुख्यमन्त्री शाहकाे शपथ आज

सुदूरपश्चिम—सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

उनलाई बिहीबार प्रदेश प्रमुखले बिहीबार संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए । उनले राजीनामा बुझाएलगत्तै शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

उनले शुक्रबार सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री शाहले तत्काल कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाट एकरएकजना मन्त्री बनाउने तयारी गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका