जोडिनुहोस
  • होमपेज
  • श्रीलंकामाथी अष्ट्रेलियाको सानदार जित

श्रीलंकामाथी अष्ट्रेलियाको सानदार जित

काठमाडौं । साबिक विजेता अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा लगातार तेस्रो जित हात पारेको छ ।

मंगलबार राती भएको खेलमा श्रीलंकालाई १० विकेटले पराजित गरेर साबिक विजेताले विजयी यात्रा जारी राखेको हो । श्रीलंकाले दिएको १ सय १२ रनको लक्ष्य अष्ट्रेलियाले १५.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

अष्ट्रेलियाको जितमा बेथ मुन्नी र एश्लेसा हिल्लेले अविजित अर्धशतक बनाईन् । मुन्नीले ५३ बलमा ७ चौकाको सहयोगमा ५६ रन बनाउँदा हिल्लेले ४३ बलमा ५४ रन बनाईन् ।

श्रीलंकाका कुनै पनि बलरले सफलता दिलाउन सकेनन् । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो ।

श्रीलंकाका लागि हर्षिता समराविक्रमा ३४ रनमा आउट हुँदा भिस्मी गुणारत्नेले २४ रन बनाईन् । कप्तान चमिरा अथापाथथुले १६ रन बनाउँदा निलाकाशी डा शिल्भा १५ रनमा अविजित रहिन् ।

अष्ट्रेलियाका लागि मिगान स्कुटले ४ तथा ग्राक ह्यारिसले २ विकेट लिईन् ।

पहिलो खेलमा न्युजिल्याण्डलाई तथा दोस्रोमा बंगलादेशलाई पराजित गरेको अष्ट्रेलिया समूह ‘ए’ मा ३ खेलबाट ६ अंक जोडेर अंक तालिकाको र्शीष स्थानमा रहेको छ ।

अष्ट्रेलियाले सेमिफाईनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । श्रीलंका भने ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका