जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री दाहाल चीनको हाङ्जाउमा, उपप्रधानमन्त्री हि ली फाङबाट भव्य स्वागत

प्रधानमन्त्री दाहाल चीनको हाङ्जाउमा,  उपप्रधानमन्त्री हि ली फाङबाट भव्य स्वागत

काठमाडौँ– चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको हाङ्जाउ पुगेका छन् । एक साता लामो भ्रमणका लागि चीन गएका उनलाई हाङ्जाउ विमानस्थलमा चिनियाँ उपप्रधानमन्त्री हि ली फाङले भव्य स्वागत गरेका थिए ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सोझै हाङ्जाउ सहरमा अवतरण गरेका हुन्। प्रधानमन्त्री प्रचण्ड भ्रमणको पहिलो दिन आज हाङ्जाउमा हुने १९औँ एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुनेछन् । आजै उनले हाङ्जाउमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेट गर्ने कार्यक्रम छ ।

एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङ्जाओमा रहने भएकोले त्यहीँ भेटवार्ताको तय भएको हो। प्रधानमन्त्री दाहालले चिनियाँ समकक्षी लि छियाङ्सँग भेट गर्ने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका