जोडिनुहोस
  • होमपेज
  • एमबाप्पेद्वारा कीर्तिमान बराबर, मेस्सीको ७०० गोल पूरा

एमबाप्पेद्वारा कीर्तिमान बराबर, मेस्सीको ७०० गोल पूरा

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले मार्सेलाई ३-० गोल अन्तरले हराएको हो ।

खेलको २५ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दा पीएसजी २-० ले अघि रह्यो ।

यस गोलसँगै मेस्सीले क्लब फुटबलमा ७०० गोल पूरा गरेका छन् । उनी ७०० गोल पूरा गर्ने क्रिस्टियानो रोनाल्डोपछि दोस्रा खेलाडी हुन् ।

त्यसपछि खेलको ५५ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाए ।

यससँगै एमबाप्पेले पीएसजीका लागि २०० गोल पूरा गरेका छन् । उनले पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबर गरेका छन् । एमबाप्पेले एडिन्सन काभानीको कीर्तिमान बराबर गरेका हुन् ।

यस जितसँगै पीएसजीले २५ खेलमा ६० अंक जोडेको छ । पीएसजीले लिगमा आठ अंकको अग्रता बनाएको छ ।

मार्से ५२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका