जोडिनुहोस
  • होमपेज
  • आसिफको एकदिवसीय क्रिकेटमा नेपालका लागि हजार रन पूरा

आसिफको एकदिवसीय क्रिकेटमा नेपालका लागि हजार रन पूरा

काठमाडौं । नेपाली क्रिकेट टिमका ओपनर आसिफ शेखले एकदिवसीय क्रिकेटमा हजार रन पूरा गरेका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पीएनजीविरुद्ध नेपालका लागि जारी खेलमा ९० रन बनाउँदा आसिफले हजार रन बनाए ।

सन् २०२१मा सेप्टेम्बर ७ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका आसिफले योसहित नेपालका लागि ३२ खेल खेलेका छन् । जहाँ उनको नाममा ८ अर्धसतक समावेश छन् । यसअघि, उनले एउटा इनिङमा बनाएको सबैभन्दा धेरै रन ९० हो ।

आसिफ नेपालका लागि एकदिवसीय क्रिकेटमा सबै भन्दा धेरै रन बनाउने दोस्रो खेलाडी हुन् । पहिलो नम्बरमा कप्तान रोहित पौडेल छन् । तेस्रोमा ८ सय ५६ रन सहित ज्ञानेन्द्र मल्ल रहँदा चौथोमा कुशल भुर्तेल र पाँचौंमा आरिफ शेख छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका