जोडिनुहोस
  • होमपेज
  • प्रजनन दरमा ह्रासः फेरियो जनसंख्याको संरचना

प्रजनन दरमा ह्रासः फेरियो जनसंख्याको संरचना

काठमाडौं । नेपालमा प्रजनन दरमा लगातार आएको ह्रासका कारण जनसंख्या वृद्धिदर प्रभावित हुँदा १४ वर्षसम्म उमेर समूहको जनसंख्या घटेको छ । यसैगरी ६० वर्षमाथिको जनसंख्याको वृद्धिदर भने तीव्र देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको जनगणना २०७८ को नतिजाअनुसार २०६८ को जनगणनाको तुलनामा १४ वर्षसम्मको उमेर समूहमा जनसंख्या ७ प्रतिशतले घटेको छ । २०६८ सालमा १४ वर्षसम्मको जनसंख्या कुल जनसंख्याको ३४.९१ प्रतिशत रहेकोमा २०७८ सालमा यो घटेर २७.८३ प्रतिशतमा झरेको छ ।

यसरी २०६८ देखि २०७८ सालसम्मको अवधिमा प्रतिवर्ष १५ वर्षमुनिका बालबालिकाको संख्या १।३ प्रतिशतका दरले गिरावट आएको देखिएको छ । यसैगरी ६० वर्षमाथिको उमेर समूहमा प्रतिवर्ष ३।२ प्रतिशतले बढेको देखिएको छ ।

यसरी नेपालमा बालबालिका संख्या घट्दै र प्रौढहरूको संख्या बढ्दै गएको देखिएको छ । उपयुक्त जनसांख्यिक नीति अवलम्बन नगरिए यो क्रम आगामी वर्ष झन् तीव्र हुन सक्ने विज्ञ तथा सम्बद्ध अधिकारी बताउँछन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका