जोडिनुहोस
  • होमपेज
  • चीनको चेतावनीकाबिच ताइवानी राष्ट्रपतिले भेटिन् अमेरिकी सभामुख

चीनको चेतावनीकाबिच ताइवानी राष्ट्रपतिले भेटिन् अमेरिकी सभामुख

काठमाडौँ । ताइवानकी राष्ट्रपति साई इङ वेनले क्यालिफोर्नियामा अमेरिकी सभामुख केभिन म्याकार्थीसँग भेटवार्ता गरेकी छन् ।

चीनको चेतावनीका बिच राष्ट्रपति वेनले अमेरिकी सभामुख म्याकर्थीसँग भेट गरेकी हुन् । ताइवानी राष्ट्रपतिले अमेरिकी भूमिमा अमेरिकी सदनका सभामुखसँग भेट गरेको यो पहिलो पटक हो ।

म्याकार्थीले राष्ट्रपति वेनसँगको भेटपछि ट्वीट गर्दै ताइवान सफल प्रजातन्त्र, समृद्ध अर्थतन्त्र र स्वास्थ्य र विज्ञानमा विश्वव्यापी नेता भएको उल्लेख गरेका छन् ।

ताइवानी राष्ट्रपति वेनले भेट पछि लोकतन्त्र खतरामा रहेको बताएकी थिइन् । क्यालिफोर्नियाको सिमी भ्यालीस्थित रोनाल्ड रेगन प्रेसिडेन्सियल लाइब्रेरीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै साईले अमेरिकी सदनका सभामुख केभिन म्याकार्थीसँग उभिएर आफुहरुले शान्ति कायम गरेका छौं र प्रजातन्त्रको निर्माणमा कडा मेहनत गरेका छौं भन्ने कुरा गोप्य कुरा नभएको बताइन् ।

चीनले अघिल्लो सातानै ताइवानी राष्ट्रपति वेन अमेरिका पुगेको विषयमा आपत्ति जनाउदै प्रतिवाद गर्ने चेतावनी दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका