जोडिनुहोस
  • होमपेज
  • एमाले कमजोर भए विकास र समृद्धि हासिल गर्न सकिँदैनः उपाध्यक्ष पौडेल

एमाले कमजोर भए विकास र समृद्धि हासिल गर्न सकिँदैनः उपाध्यक्ष पौडेल

जनकपुरधाम । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमाले कमजोर भए देशमा विकास र समृद्धि हासिल गर्न नसकिने बताएका छन् ।

एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत जनकपुरधाममा शुक्रबार आयोजित धनुषा जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति अघि बढ्न नसक्ने बताए ।

‘हामीलाई एक्ल्याउने प्रयास भइरहेको छ तर एमाले एक्लो छैन । अर्को चुनावमा एकल बहुमत ल्याउने गरी आजैदेखि हामी जुटिसकेका छौँ’, उपाध्यक्ष पौडेलले भने ।

एमालेका सचिव एवं मधेस प्रदेशका इन्चार्ज रघुवीर महासेठले मिसन ग्रासरुट अभियानको पहिलो प्राथमिकता सङ्गठित सदस्यताको नवीकरण, पार्टी र जनसङ्गठनको निर्माण रहेको बताए । एमाले धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका नेता लीलानाथ श्रेष्ठ, नेत्री जुली महतोलगायतले आआफ्नो धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका