जोडिनुहोस
  • होमपेज
  • फिफा वरीयतामा नेपालको तीन स्थान सुधार

फिफा वरीयतामा नेपालको तीन स्थान सुधार

काठमाडौँ— नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा तीन स्थान सुधार भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो ।

नयाँ वरीयतामा नेपाल एक हजार दुई सय पाँच अंकका साथ एक सयौँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १०३औँ स्थानमा थियो ।

एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २०औँ स्थानमा छ । आज सार्वजनिक गरिएको वरीयतामा अमेरिका शीर्षस्थानमा यथावत् छ भने जर्मनी दोस्रो तथा स्विडेन तेस्रो स्थानमा छ ।

इंग्ल्याण्ड चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौँ र स्पेन सातौँ स्थानमा छन् । नेदरल्याण्ड्स आठौँ, ब्राजिल नवौँ र अष्ट्रेलिया दशौँ स्थानमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका