जोडिनुहोस
  • होमपेज
  • युरोकप छनोट : पोर्चुगलको फराकिलो जित

युरोकप छनोट : पोर्चुगलको फराकिलो जित

काठमाडौं । युरोकप छनोट प्रतियोगितामा पोर्चुगलले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा पोर्चुगलले लक्समबर्गलाई ६-० गोल अन्तरले हराएको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । जोआ फेलिक्स, बेर्नार्डो सिल्भा,ओताभियो र राफायल लिओले एक एक गोल गरे ।

खेलको नवौं मिनेटमा रोनाल्डोले गोल गर्दा पोर्चुगलले सुरुआती अग्रता बनायो ।१५ औं मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।

सिल्भाले १८ औं मिनेटमा गोल गर्दा पोर्चुगलको अग्रता तेब्बर भयो । रोनाल्डोले ३१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ४-० को अग्रता दिलाए ।

खेलको ७७ औं मिनेटमा ओताभियोले गोल गरेपछि पोर्चुगलले ५-० को अग्रता बनायो ।

त्यसपछि खेलको ८८ औं मिनेटमा राफायलले गोल गर्दा पोर्चुगल ६-० ले विजयी भयो । छनोटमा पोर्चुगलको यो लगातार दोस्रो जित हो ।

पोर्चुगलले २ खेलमा ६ अंक जोडेको छ । पोर्चुगल समूह जे को शीर्ष स्थानमा रहेको छ । लक्समबर्ग १ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका