जोडिनुहोस
  • होमपेज
  • बेल्जियमले जर्मनीलाई हरायो

खेलकुद

बेल्जियमले जर्मनीलाई हरायो

  • Sagarmatha TV
  • बुधबार, चैत्र १५, २०७९
बेल्जियमले जर्मनीलाई हरायो

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियमले जर्मनीलाई हराएको छ ।मंगलबार राति भएको खेलमा बेल्जियमले जर्मनीलाई ३-२ गोल अन्तरले हराएको हो ।

खेलको छैटौं मिनेटमा यानिक कारास्कोले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए ।

नवौं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दा बेल्जियम २-० ले अघि रह्यो । खेलको ४४ औं मिनेटमा निकलस फुल्क्रुगले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई २-१ को स्थितिमा ल्याए ।

खेलको ७८ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दा बेल्जियम ३-१ ले अघि रह्यो ।

त्यसपछि खेलको ८७ औं मिनेटमा जर्मनीका सेर्जी जिनाब्रीले गोल गरेपनि बेल्जियम ३-२ ले विजयी भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका