जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि आज नेपाल र लाओस खेल्दै

प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि आज नेपाल र लाओस खेल्दै

काठमाडौँ— प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि आज नेपाल र लाओस खेल्दैछन् । फाइनल खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो ।

नेपालले पहिलो खेलमा लाओसलाई २–० गोलले हराएको थियो भने दोस्रो खेलमा भुटानसँग एकरएक गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा भुटानलाई २–१ गोलले हराएको लाओस भुटानले नेपालसँग बराबरी खेलेपछि फाइनलमा पुगेको हो ।

भुटान एक अङ्कका साथ लिग चरणबाट बाहिरिएको थियो । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर तथा दोस्रोले ३ हजार डलर पाउनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका