जोडिनुहोस
  • होमपेज
  • मोईनको सानदार बलिङमा चेन्नईको जित

मोईनको सानदार बलिङमा चेन्नईको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा चेन्नई सुपर किंग्सले आफ्नो दोस्रो खेलमा पहिलो जित हात पारेको छ । पहिलो जित हासिल गर्ने क्रममा चेन्नईले लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको हो ।

घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा लखनउमाथी चेन्नई १२ रनले विजयी भएको हो ।

चेन्नईले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट २ सय ५ रन मात्र बनाउन सक्यो ।

लखनउका लागि ओपनर कायल मेयर्सले लगातार दोस्रो अर्धशतक बनाउने क्रममा २२ बलमा ५३ रन बनाए । मेयर्सले ८ चौका तथा २ छक्का प्रहार गरे ।

निकोलस पुरनले १८ बलमा ३२ रन बनाउँदा मार्कुस स्टोईनसले १८ बलमा २१ रन बनाए । आयुष बदोनीले १८ बलमा २३ रन बनाए ।

कप्तान केएल राहुलले २० तथा कृष्णपा गौथमले ११ बलमा अविजित १७ रन बनाए ।

चेन्नईका लागि मोईन अलिले ४ ओभरमा २६ रन दिएर ४ विकेट लिए । तुसारदेश पान्डेले २ र मिचेल स्यान्टेनरले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो ।

चेन्नईका लागि ऋतुराज गायकवाडले ३१ बलमा ५७ रनको अर्धशतकीय ईनिङ खेले । उनले ३ चौका र ४ छक्का प्रहार गरे ।

अर्का ओपनर डेभोन कन्वेले २९ बलमा ४७ रन बनाए । पहिलो विकेटका लागि गायकवाड र कन्वेले १ सय १० रनको साझेदारी भएको थियो ।

अम्बादी राइडु १४ बलमा २७ रनमा अविजित रहँदा शिवम दुवेले १६ बलमा २२ रन बनाए । मोईन अलिले १३ बलमा १९ तथा कप्तान महेन्द्र सिंह धोनीले ३ बलमा १२ रन बनाए ।

लखनउका लागि मार्क वुड र रवि विष्नोईले समान ३/३ विकेट लिए । आवेश खानले १ विकेट आफ्नो नाम गरे ।

दोस्रो खेलमा पहिलो जित हात पारेको चेन्नई २ अंकका साथ छैटौं स्थानमा रहेको छ । पहिलो खेलमा हार व्यहोरेको लखनउ २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका