जोडिनुहोस
  • होमपेज
  • कोलकोतासँग बैंगलोरको लज्जास्पद हार

कोलकोतासँग बैंगलोरको लज्जास्पद हार

काठमाडौँ । इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।

विहिबार राति घरेलु मैदान इडन गार्डेनमा सम्पन्न खेलमा कोलकोताले बैंगलोरलाई ८१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

कोलकोताले दिएको २०५ रनको लक्ष्य पछाएको बैंगलोरले १७।४ ओभरमा अलआउट हुदै १२३ रन बनाएको हो ।

बैंगलोरका लागि फाफ डु प्लेसिसले २३ रन बनाए भने विराट कोहलीले २१, मिचेल ब्रासवेलले १९ रन बनाए भने आकाश दीपले १७ रन र डेविड विलीले २० रन बनाए । बैंगलोरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यस्तै कोलकोताका बलर वरुण चक्रवर्तीले ४ विकेट, सुयाश शर्माले ३ विकेट लिएका थिए । त्यस्तै सुनिल नारनले २ र श्रदुल ठाकुरले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउदै २०४ रन बनाएको थियो ।

कोलकोताका लागि श्रदुल ठाकुरले सर्बाधिक ६८ रन बनाए भने रह्मनुल्लाह गुरबाजले ५७ रन बनाएका थिए । त्यस्तै रिंकु सिंहले ४६ रन बनाएका थिए । कोलकोताका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसकेपनि बैंगलोरलाई विशाल रनको लक्ष्य दिन सफल भएको छ ।

बैंगलोरका बलर डेविड विली र कर्ण शर्माले २(२ विकेट लिएका थिए भने मोहमद सिराज, मिचेल ब्रासवेल र हर्षल पटेलले एक एक विकेट लिएका थिए ।

योसँगै कोलकोताले आफ्नो दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने पहिलो खेल जितेको बैंगलोर दोस्रो खेलमा हार बेहोरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका