जोडिनुहोस
  • होमपेज
  • ३० वर्षीय युवकको खोलामा डुबेर मृत्यु

स्वास्थ्य/जीवनशैली

३० वर्षीय युवकको खोलामा डुबेर मृत्यु

  • Sagarmatha TV
  • शुक्रबार, बैशाख १, २०८०
३० वर्षीय युवकको खोलामा डुबेर मृत्यु

पाल्पा– रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका ३० वर्षीय शिभम जैसवालको खोलामा डुबेर मृत्यु भएको छ । 

नयाँ वर्ष मनाउन पाल्पा आएका उनको भुतखोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रूपन्देहीबाट नयाँ वर्ष घुमघाम गर्न आएका उनको शुक्रबार बिहान पाल्पाको तिनाउ गाउँपालिका– ३ झुम्सास्थित भुतखोलामा डुबेर मृत्यु भएको हो । 

ढुंगामा चिप्लिएर लडेपछि उद्धार गरेर उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका