जोडिनुहोस
  • होमपेज
  • सत्तारुढ तीन दलको बैठक निष्कर्षविहीन

सत्तारुढ तीन दलको बैठक निष्कर्षविहीन

काठमाडौँ– शनिबार बिहान बसेको सत्तारुढ तीन दलको बैठक बिनानिष्कर्ष सकिएको छ । 

 प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच मन्त्रालय बाँडफाँडबारे छलफल भएको थियो ।

नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एसबीच कुरा नमिल्दा बैठक बिनानिष्कर्ष सकिएको हो। बैठक पुनः बेलुका बस्ने बताइएको छ ।

बिहानको छलफलमा काङ्ग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा थिए। यस्तै समाजवादीबाट महासचिव घनश्याम भुसाल र किसान श्रेष्ठ को सहभागिता रहेको थियो। 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका