जोडिनुहोस
  • होमपेज
  • सरकारले अझै पूर्णता पाउन नसकेकोमा सांसद आचार्यको आपत्ति

सरकारले अझै पूर्णता पाउन नसकेकोमा सांसद आचार्यको आपत्ति

काठमाडौं : नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाएका छन्।

६ महिना पुग्न लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको उनको टिप्पणी थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ ? भनि सत्तारुढ गठबन्धनलाई कटाक्ष समेत गरे।

उनले सरकारलाई संसदप्रति जवाफदेही हुन पनि सचेत गराए। सरकारले आफ्ना कार्ययोजनाहरू संसदमा प्रष्ट ढंगले राखेर अघि बढ्नुपर्ने उनको माग थियो।

‘वर्तमान सरकार धेरै अलमलिइरहेको हामीले देखिराखेका छौं। अब यो सरकारले अहिलेसम्म आफ्नो पूर्णतासमेत प्राप्त गर्न सकेको छैन । लाजमर्दो अवस्था के हो भने सरकार र यसका अंगहरूले सरकार गठन भएको झण्डै आधि वर्ष भइसक्दा पनि आफ्नो पूर्णता नपाउने, मन्त्रालयहरू खाली हुने, जनताले सेवा नपाउने, उनीहरू मर्कामा हुने, विकासका कामहरू अलपत्र पर्ने खालको अवस्था अहिले विद्यमान छ । आचार्यले भने,  ‘प्रधानमन्त्रीजीलाई मेरो प्रश्न, सरकारलाई मेरो प्रश्न, यो गठबन्धनका नेताहरूलाई मेरो प्रश्न के छ  भने तपाईंहरूले यो सरकारलाई पूर्णता कति वर्ष लगाएर गर्नु हुन्छ ? कति वर्ष लाग्छ ? अनि, विकासको माग गर्न यहाँहरूलाई कति समय लाग्छ ? कति दशक लाग्छ कि वर्ष लाग्छ कि? वा शताब्दी लाग्छ ? उत्तर चाहियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका