जोडिनुहोस
  • होमपेज
  • सुडानमा विपक्षी समूहद्वारा ७२ घण्टे युद्ध बिराम

सुडानमा विपक्षी समूहद्वारा ७२ घण्टे युद्ध बिराम

काठमाडौँ । सुडानको विपक्षी समूहले ७२ घण्टे युद्ध बिराम गरेको छ । विपक्षी रयापिड सपोर्ट फोर्स (आरएसएफ) ले एक पक्षीय रूपमा ७२ घण्टे युद्ध बिराम घोषणा गरेको हो

इद उल फितर पर्वको अवसरमा एकपक्षीय युद्ध बिरामको घोषणा गरेको सो समूहले जनाएको छ । गत हप्तादेखि राजधानी खार्तुमा सत्ता सङ्घर्षका लागि जारी युद्धलाई इद उल फितर पर्वलाई लक्षित गर्दै आरएसएफले एक पक्षीय रूपमा युद्ध बिरामको घोषणा गरेको हो ।

स्थानीय समय अनुसार शुक्रबार बिहान ६ बजेदेखि सुरु हुने युद्ध बिराम ७२ घण्टासम्म रहनेछ । अहिलेसम्म सो आन्तरिक युद्धमा परी झन्डै ३ सय बढीले ज्यान गुमाइसकेका छन भने सरकार र विद्रोही समूहका बिचमा सत्ता सङ्घर्ष चर्किँदै जाँदा हजारौँ सर्वसाधारणले राजधानी खार्तुम छाडेका छन् ।

विपक्षी समूहले घोषणा गरेको युद्ध बिरामको अवस्थामा अझै धेरै सर्वसाधारण राजधानीबाट बाहिरिने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका