जोडिनुहोस
  • होमपेज
  • चितवन,तनहुँ र बाराका विद्यालय तीन दिनका सार्वजनिक बिदा : उपनिर्वाचन

चितवन,तनहुँ र बाराका विद्यालय तीन दिनका सार्वजनिक बिदा : उपनिर्वाचन

काठमाडौं : सरकारले बारा निर्वाचन क्षेत्र नं २,चितवन निर्वाचन क्षेत्र २ र तनहुँ जिल्लाकाे क्षेत्र नं १ का मतदान स्थल रहेका विद्यालयहरूमा तीन दिन सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयबाट प्रतिनिधि सभा सदस्य उपनिर्वाचन हुने भएकाले सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए।

निर्वाचन हुने ती क्षेत्रका मतदान स्थल रहेको विद्यालय र सरकारी निकायहरूमा वैशाख ८ गतेदेखि १० गतेसम्म र मतदान हुने दिन वैशाख १० गते आइतबार सार्वजनिक बिदा दिइएको छ। प्रतिनिधि सभा सदस्य उपनिर्वाचन वैशाख १० गते हुँदै छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका