जोडिनुहोस
  • होमपेज
  • चितवन २ कृष्णपुर माविमा रोकिएको मतदान सुरु

चितवन २ कृष्णपुर माविमा रोकिएको मतदान सुरु

चितवन– चितवन क्षेत्र नं. २को कृष्णपुर माविमा रोकिएको मतदान सुरू भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो ।

रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ मतदान रोकिएको थियो ।

अवस्था सामान्य भएपछि मतदान पुनः सुरु भएको हो । यस क्षेत्रमा बिहान ७ वजे देखि ४३ स्थलका १३८ केन्द्रमा मतदान जारी छ । मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ ।

यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका